हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम शुरु

बिर्तामोड १६ चैत । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम झापाको विर्तामोडमा आजदेखि शुरु भएको छ ।

Advertisement

झापा महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोगमा सञ्चालित तालिमको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गर्नुभएको थियो ।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले विभेदको शुरुवात जहाँबाट भएको छ त्यहीबाट अन्त्य हुनसक्नेमा जोड दिंदै विभेद प्रारम्भको विन्दु खोज्नुपर्ने धारणा राख्नुभयो ।

राज्यका संरचनाहरुमा महिला सहभागिताको सुनिश्चितता संविधानले नै गरेको उल्लेख गर्दै रिजालले संख्यात्मक सहभागितासंगसंगै गुणात्मकतामा पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याउनु भयो । उचित समयमा सान्दर्भिक विषय उठेको बताउँदै रिजालले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनले मात्र सही निर्णय दिनसक्नेतर्फ सचेत गराउँदै मतदान गर्दा विवेक पुर्याउन आग्रह गर्नुभयो ।

तालिममा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा महिलाको प्रतिनिधित्व, सातै प्रदेशका पालिकाहरुमा (निर्णायक ठाउँ)मा महिलाको सहभागिता, निर्वाचन परिणाममा देखिएका केही सवालहरु, तथ्याङ्कमा अब हुने निर्वाचनका विषयमा छलफल भएको थियो । त्यस्तै महिलाहरुलाई अघि बढ्नका लागि सञ्चारको भूमिकाका विषयमा समूहगत रुपमा धारणा सार्वजनिक गर्दै उक्त विषयमाथि छलफल भएको निवर्तमान अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिनुभयो ।कार्यक्रममा नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेली, पत्रकार सुब्रत न्यौपाने, दिपीन राई, विष्णु मैनाली, खगेन्द्र घिमिरे, विजय बराल लगायतले धारणासहित जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, संस्थापक अध्यक्ष सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमा रेजिना गौतमले प्रकाश पार्नु भएको थियो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)