भद्रपुर ,१७ चैत । कर्णाली बचत तथा ऋण सहकारी सस्थाको अनुशिक्षण कार्यक्रम भद्रपुरमा आज सम्पन्न भएको छ ।

कर्णाली साकोसको भद्रपुर सेवा केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा १४५ भन्दा बढी कर्णालीका सेयर सदस्यहरुको सहभागिता रहेकोे थियोे ।

सस्थाका सचीव तथा शिक्षा समिति संयोजक भुपाल बस्नेत ,सदस्य पदम कुमार श्रेष्ठ , सदस्य देवि बहादुर थापा साथै सेवा केन्द्र प्रमुख रविन कार्की लगायतले सस्थाको वस्तु र सेवाहरु ,सदस्यहरुलाई उपचार सुविधा सम्बन्धि नियम र कोषको स्रोत व्यवस्था र विशेष उपचार सुविधा सम्बन्धि सस्थाका कार्यक्रम बारेमा जानकारी गराउनु भएको थियोे ।
कर्णाली साकोसको विशेषउपचार कोषमा सस्थाका सेयर सदस्य तथा तिनका परिवारीका लागि कुनै रोग लागेर बिरामी भएमा १० लाख सम्म उपचार सुबिधा उपलब्ध गराउन थालिएको सस्थाका सचिव भुपाल बस्नेतले बताउनु भयो ।
२०५७ पौष ४ गते स्थापन भएको कर्णाली साकोसका हाल ५० हजार सदस्य छ्न भने सस्थाको पुजी ४ अरब नाघी सकेको सस्थाले जनाएको छ ।