अर्थ
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आइतबारदेखि ९० रुपैयाँ तिरेर रेलबाट भारत जान सकिने

शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भर्चुअल माध्यममार्फत भारतको विहार र नेपालको धनुषा जोड्ने रेल खण्डको उद्घाटन गरेपछि रेल सञ्चालनमा ल्याउने अधिकारीहरूले बताएका छन्।

सञ्चालनमा आउने ३५ किलोमिटर रेल खण्ड भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको खण्ड हो। उक्त रेलमार्गका लागि भारत सरकारको ८.७७ अर्ब रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएको छ।

“सामान्य डिब्बामा यात्रा गर्नेहरूले ९० रुपैयाँ बराबरको टिकट खरिद् गर्नुपर्ने हुन्छ। एसीसहितको डिब्बामा भने सामान्यमा भन्दा पाँच गुणा बढी शुल्क लाग्छ, ” नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने।

हालसम्म सो रेल दैनिक कति पटक नेपाल(भारत ओहोरदोहोर गर्छ भन्ने तय गरिएको छैन।

के हुन् यस रेलको विशेषतारु

सञ्चालन हुने रेल मध्यम दूरीका लागि उपयुक्त मानिन्छ। यसअघि प्रतिघण्टा ११० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने भनिए पनि विभिन्न भौतिक अवरोधका कारण तोकिएको दूरी कायम गर्न नसक्ने रेलवे कम्पनीका महाप्रबन्धक झाको भनाइ छ।

“अनधिकृत रूपमा खोलिएको बाटोहरूका कारण गति सीमित राख्नु पर्ने हुन्छ। अवरोधकै कारण रेलको गति प्रतिघण्टा ६०/६५ किलोमिटर हुनेछ,” उनले भने।उक्त रेलको डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र त्यसबाट रेलमा हुने ट्र्याक्शन मोटर चल्छ। यो रेल अगाडि र पछाडि दुईतिर बाटै गुडाउन मिल्ने भएकोले फर्काउनुपर्ने झन्झट हुँदैन। बीबीसी

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)