हल्दिवारी , ५ बैशाख ।समाचार प्रवाभ : हल्दिवारी डटकममा हिजो प्रकाशित भिडियो र समाचारका कारण एकजना युवाको उद्दार भएको छ । हल्दिवारी – ५ बस्ने गङ्गा प्रसाद ढकाललाई हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिको सहजीकरणमा उपचार गर्न बिएण्सी अस्पताल लगिएको छ।
हल्दिवारी डटकममा प्रकाशित भएको समाचारले २४ घण्टा नबित्दै मानसिक रोगको कारण महिनौं दिनदेखि घरमा साङ्लोले बाधिएर राखिएका युवाको सम्पुर्ण खर्च बिएण्सी अस्पतालले गरिदिने भएको छ । आर्थिक अभावका कारण गाउँपालिकाकै गेट नै अगाडि साङ्लोले बाधिएका युवाले उपचार नपाएको सुनेपछि आफू र अस्पताल टिम नै उद्दारका लागि आएको अस्पतालमा प्रवन्ध निर्देशक दुर्गा प्रसाईले बताए ।
पीडित ढकालको उद्दारको लागि गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरि ,बिएण्सीका प्रवन्ध निर्देसक प्रसाईं , अस्पतालका पब्लिक रिलेसन अफिसर प्रमिस गिरि ,नसा रोग बिसेसज्ञ सहित को टोलि उनको निवास पुगेर उद्दार गरेको हो ।