हल्दिवारी ,६ बैशाख । पुर्वान्चल क्यान्सर अस्पताल तथा बिएण्सी अस्पतालको आर्थिक सहयोगमा हल्दिवारीका अति विपन्न , गरिव समुदायका १ हजार परिवारको स्वास्थ्य हुने भएको छ ।

नेकपा एमाले हल्दिवारी गाउँ कमिटीको समन्वयमा अस्पतालले एक हजार गरिव तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गरि दिन लागेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए। अस्पतालका कार्यकारी निर्देशक प्रसाईले निशुल्क बिमा कार्यक्रमको पानसमा दिप प्रजोलन गरेर शुरु गरेका थिए ।

हल्दिवारी -४ मंगलबारे बजारमा आयोजना गरेको कार्यक्रममा आफुले कुनै राजनैतिक फाइदाको लागि नभएर गरिव जनताको स्वास्थ लाई ध्यानमा राख्दै निशुल्क रूपमा बिमा गरिदिन लागेको प्रसाईले बताए । प्रसाईले झापा क्षेत्र नम्बर ३ का करिब ४ हजार परिवारको निशुल्क बिमा गरिदिएका प्रसाईले राजाबादी र काङ्ग्रेसले गर्छु मात्र भन्ने हो काम नगर्ने भएकोले नेकपा एमालेलाई आउदो निर्वाचनमा भोट दिन समेत आह्वान गरे ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका प्रसाईलाई झापा क्षेत्र नम्बर ३ को संघीय संा सदको उम्मेद्बारको रूपमा समेत हेर्न थालेका छ्न । उक्त अवसरमा अस्पताल कि अध्यक्ष इन्दिरा गिरिले हल्दिवारी क्षेत्रका महिला दिदीबहिनीहरुको क्यान्सर सम्बन्धि चेकजाँच निशुल्क गरिदिने घोषणा गरेकी थिईन ।

निशुल्क स्वास्थ बिमा घोषणा कार्यक्रममा हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरि ,नेकपा हल्दिवारी अध्यक्ष त्रिलोचन सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । अस्पताल कि अध्यक्ष इन्दिरा गिरिको अध्यक्षतामा भएका उक्त कार्यक्रमको सहजीकरण अस्पतालका पब्लिक रिलेसन अफिसर प्रनिस गिरिले गरेका थिए l