समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

१२ वर्षीया बालिकालाई यस्तो हर्कत गर्ने आशारामले पाए १५ वर्ष कैद सजाय

बोल्न नसक्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा आज एक व्यक्तिलाई १५ वर्ष कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश इश्वरमणि ओझाको इजलाशले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको हो । उनलाई कैद सजायका साथै रु पाँच लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको जिल्ला अदालतका सूचना अधिकारी भरतमणी पोखरेलले जानकारी दिनुभयो ।

Advertisement

गाईबस्तु चराउन गएकी बालिकालाई अमसोत नदीको किनार रहेको झाडीमा आरोपितले २०७७ जेठ १ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

Advertisement

बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर आरोपितलाई नियन्त्रणमा लिई प्रहरी चौकी पकरीको जिम्मा लगाएको थियो । जिल्ला अदालतको आदेशमा २०७७ जेठ २६ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article