समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँ सहित ३० वर्षीया मुन्नी पक्राउ

विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनी रहेकी छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article