समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि उक्त व्यवस्था गरिएको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय रसुवाले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने व्यवस्था भएकाले समस्त रसुवावासी मतदाता तथा सरोकारवालाहरूले सो बमोजिम गर्नुरगराउनु हुन हार्दिक अनुरोध छ ।’

Advertisement

जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र तोकिएको छ ।

यस्तै नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३८ हजार ५४५ मतदाता छन् । जसमा १९ हजार ६८९ पुरुष र १८ हजार ८८५ महिला छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article