समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पूर्वमन्त्री बस्नेत सवार गाडी दुर्घटना, बस्नेतसहित १० जना घाइते

पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटना भएको छ । सल्यानबाट दाङ आउँदै गर्दा बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किदा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पूर्वमन्त्री बस्नेतको टाउकोमा चोट लागेको छ । घाइते बस्नेतसहित १० जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था पनि समान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article