समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जुम्लाको गज्र्याङकोटमा मतदान पुनः सुरु

जुम्लाको गुठचौर गाउँपालिका–३ गज्र्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । गत बैशाख ३० गते झडपको कारण स्थगित भएको मतदान आज कडा सुरक्षाबीचमा सुरु भएको हो ।

Advertisement

मतदान केन्द्र शंकर माध्यमिक विद्यालयको निकै कडा सुरक्षा व्यवस्था बनाइएको छ । १००७ मतदाता रहेको मतदान केन्द्रमा ३२० मत खसिसकेको पछि झडप भएको थियो । निर्वाचन स्थगित भएपछि पुनः मतदान गरिएको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article