अर्थ
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आजबाट संसदमा प्रि-बजेट छलफल

आजबाट प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक ९बजेट०का सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथिको छलफलका सुरु हुदै छ । छलफलको लागि जेठ ४ र ५ गतेको दिन तोकिएको छ । आजको बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “आर्थिक वर्ष २०७९र८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफल गरियोस्”, भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्तावउपर छलफल गर्न जेठ ४ र ५ गतेको समय निर्धारण गरेका थिए ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)