चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका विनोद रेग्मीले १० हजार ७१४ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । मेयरमा पराजित गठवन्धनको तर्फबाट उम्मेदवार दिएका नेपाली कांग्रेसका शिवराम केसी १० हजार ५७१ मत पाएका छन् । उनले १४३ मतले हार व्यहोर्नु परेको हो ।

उपमेयरमा पनि एमालेकै विमला लामा निर्वाचित भएकी छन् । उनले १० हजार ४४९ मत ल्याएकी छन् । माओवादी केन्द्रकी सविता लामाले ९ हजार ६८८ मत पाएर पराजित भएकी छन् विमलाले लामालाई ७६१ मतान्तरले पराजित गरेकी हुन् । कालिका नगरपालिकामा रहेको ११ वडा मध्ये ५ कांग्रेसले , ४ एमालेले र २ माओवादीले जितेको छ ।
