समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

केशव भन्दा बालेन ११२०४ मतले अगाडी

काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार २०४ मतान्तरले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले २३ हजार ५८४ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मत ल्याएका छन् ।

Advertisement

११ हजार ४९९ मत ल्याएर कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उपमेयरमा एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत ल्याएर अग्रता लिइरहँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article