समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

गाईको बाछो काटेर मासु भाग लगाउँदै गरेका मोक्तान पक्राउ

भक्तपुर, २२ जेठ l गाईको बाछो काटेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले मध्यपुरथिमि नगरपालिका–८ बोडेबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भई हाल बोडे पाटी विहार बस्ने ३८ वर्षीय निमा मोक्तानलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

Advertisement

Advertisement

मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित वडा कार्यालयको भवन नजिकैको सार्वजनिक सौचालयमा गाईको बाछो काटी मासु भाग लगाइरहेको स्थानीयवासीले जानकारी गराएलगत्तै महानगरीय प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले मोक्तानलाई बाछोको मासुसहित पक्राउ गरेको हो । प्रहरीले आज मोक्तानलाई जिल्ला अदालत भक्तपुर पेस गरी थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउने पाण्डेले जानकारी दिनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article