समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मेलौलीबाट पाटनतर्फ जादैँ गरेको जीप खोलामा पल्टियो

बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । घाइतेको परिचय खुलेको छैन । खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घंटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article