हल्दिबारी । मोरंङ जिल्ला स्थित सुनबर्षी नगर पालिका क्षेत्रमा एभरेष्ट फाउण्डेशनको आयोजनामा सप्ताहब्यापी शैक्षिक जागरण अभियान सम्पन्न भएको छ।

एभरेस्ट फाउन्डेसन द्वारा संचालित कार्यक्रम महबुब नदवीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष अतहर जमील नदबीले शिक्षा भनेको मानिस लाई बाटो देखाउने एउटा मार्ग भएकोले शिक्षा व्यक्तिको लागि अनिवार्य हुने बताए। कार्यक्रममा मुस्लिम बुद्धिजीवी खालिद अमिनले शिक्षा कुनै पनि व्यक्तिको लागि जरुरी भन्दै |


शिक्षा भनेको एउटा यस्तो ज्ञान हो जिन्दगी भरी मानिस लाई फाइदा दिने कुरा प्रति ध्यानाकर्षण गराएका थिए। अभियान अन्तर्गत शेक्षिक जागरण को महत्व बारे प्रकाश पार्दै शिक्षासेबी अजहर उद्दिनले शिक्षा भनेको कुनै पनि विषयमा ज्ञान लिनु या दिनु लाई शिक्षा भनिने हुदा शिक्षा ग्रहण गर्नकाे लागि कुनै उमेर, कुनै जात, धर्म, संस्कारले छेक्न सक्दैन! शिक्षा भनेको मैन बत्ती हो! जो आफै बल्छ र अरू लाई उज्यालो दिने प्रष्टाए ।
कार्यक्रममा फाउंडेशनका तर्फबाट मुस्लिम समुदायमा जो गरीब बाल बालिकाहरु शिक्षाबाट वञ्चित छन ! उ सँग पढने क्षमता छैन भने उसका लागि जतिसम्म हुन्छ उनीहरुलाई एभरेस्ट फाउन्डेसन द्वारा पढाउने प्रतिबद्धता ब्यक्त गरिएको थियो ।