समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बिदेसिने युवा ठगिने शृंखला बढ्दो

पूर्वकै केन्द्रमा पर्ने इटहरीमा वैदेशिक रोजगारीका लागि थुप्रै मेनपावरका शाखा छन्। सरकारी नियमनकारी निकायले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा ती शाखाबाट युवाहरू ठगिने क्रम भने रोकिएको छैन।

Advertisement

इटहरीमा यसरी खुलेका मेनपावरका शाखा कार्यालयबाट ठगीमा पर्नेमा ति सञ्चालित मेनपावर बढी छन्। बिनाइजाजत शाखा कार्यालयमार्फत् विदेश जानेलाई ती शाखा कार्यालयबाट बढी शुल्क लिने र भनिएकोभन्दा फरक काममा लगाउने गरेको पाइएको छ। विदेश जाने युवाहरू ठगिने क्रम बढिरहेको गुनासोका आधारमा आइतबार नियमनकारी निकायले अनुगमन गरेको छ।

Advertisement

अनुगमनका क्रममा यहाँ १६ वटा इजाजत लिएर मेनपावर शाखा कार्यालय खुलेका छन्। ६० भन्दा बढी इजाजत नभएका मेनपावर कम्पनीका शाखा भएको पाइएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरीको सहकार्यमा इटहरीमा सञ्चालित सातवटा मेनपावरमा अनुगमन गरियो। जसमा तीनवटा मेनपावर बिनाइजाजत सञ्चालित रहेको पाइयो।

यसरी बिनाइजाजत सञ्चालनमा रहेका मेनपवार कम्पनीका शाखामा हरि मगरले सञ्चालन गर्ने ग्रान्ड स्वीइट, टंकमान राईको प्रोग्रेसिप र दीपक खतिवडाको लाइफ लाइन भेटिए। अनुमगनका क्रममा अधिकांश मेनपावर ताला लगाएको अवस्थामा भेटिएका आजको नागरिक दैनिकमा खवर छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article