समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सिंघिया खोलामा आएको बाढीले १ जनाको मृत्यु, कयौं परिवार विस्थापित

मोरङमा अविरल वर्षासँगै आएको बाढीले १७५ परिवार विस्थापित हुन पुगेका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर र कटहरीका १७५ परिवार विस्थापित भएका हुन् । ती मध्ये विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

Advertisement

कटहरीको टाइटोल, हनुमान मन्दिर एरिया र नारी विकास संघ क्षेत्रमा बाढी पसेपछि धेरै परिवार विस्थापित भएका हुन् । त्यस्तै, बाढीले बगाएर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीले बगाएर सुन्दरहरैंचा–६ का रामबहादुर विकको मृत्यु भएको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article