हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मध्य नेपालको बार्षिकोत्सवमा चार महिला सहित ५४ जनाले गरे रक्तदान

भदौँ ११ पर्सा । पत्रकार महिलाले संचालन गरेको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको छैठौं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्याक्रममा ४ जना महिला सहित ५४ जनाले रक्तदान गरेका छन् । शनिबार वीरगन्जको होटल कुमुमा मध्य नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जना पुरुष सहित ५४ जनाले रक्तदान गरेका हुन् ।

Advertisement


अत्याधिक गर्मीको समयमा अस्पतालहरुमा बिरामीको चाप बढिरहेको कुरालाई मध्यनजर गरी मध्य नेपालले आफ्नो बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । सो रक्तदान कार्यक्रममा पत्रकार महिला तथा बीबीसी नेपाली सेवाकी पर्सा सम्बाददाता माधुरी महतो, सावित्रा संग्रौला, जरिना खातुन र अनिता साह तेली लगायतका महिलाले रक्तदान गरेका थिए ।

Advertisement

५१ पटक रक्तदान गर्ने श्रेष्ठ सम्मानित
पुरुष रक्तदाताहरुमा भवानी हस्पिटलका संचालक राम राज श्रष्ठले पनि आफ्नो ५१ औं पटकको रक्तदान त्यही पुगेर गरेका छन् । सो क्रममा उनले रक्तदान गर्दा शरीरमा कुनै प्रकारको कमजोरी नहुने र उल्टै सकृयता बढ्ने कुरा बताए । शनिबार मध्य नेपालले गरेको रक्तदान कार्यक्रममा सबैभन्दा धेरै पटक रक्तदान गर्नेहरु मध्येमा उनी दरिएपछि आयोजक मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काले उनलाई खादा र माला सहित सम्मान गरेकी थिइन् ।
सो रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, शिवनाथ प्रसाद यादव, प्रविण खड्का, जियालाल साह, रविकुमार गुप्ता, तवरेज अहमद, संस्कार रिमाल, कमलप्रसाद बराल, धिरज सिंह, शनि पटेल, दुर्गानन्द साह, वीरेन्द्र प्रसाद साह, प्रज्वल पल्वान, लक्ष्मण लामा, सन्दिप मगर, शशिकान्त प्रसाद, रोहित कुमार चौधरी, डिक बहादुर खड्का, राजु गुप्ता, सतिस हजारा, ग्रिस कुमार सिंह, सौरभ प्रताप सिंह, दिनेश लामाले रक्तदान गरेका थिए ।

त्यसै गरी सावन थापा, नरेश प्रसाद यादव, योगेन्द्र पटेल, जितेन्द्र शर्मा, साहेव साह कानू, प्रथम पटेल, रामजी पटेल, गणेश कुमार प्रजापति, राजेन्द्र भट्टराई, सन्तोष कुमार कुशवाहा, शिव बचन राउत कुर्मी, महेन्द्र प्रसाद यादव, सुरेन्द्र प्रसाद कुर्मी, प्रयाग प्रसाद यादव, विन्देश्वर प्रसाद पटेल, निखिल सापकोटा, संदिप कुमार कुर्मी, अजय बानिया, नरेश पटेल, रोशन श्रेष्ठ, अजय कुमार साह, सन्तोष रिजाल, संजोग मिश्र, अनिष चौधरी, जफरन अंसारी र साविर अहमद लगायतले रक्तदान गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)