समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

इजाजत प्राप्त हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ।प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो।

Advertisement

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैधले बताए ।

Advertisement

हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापश्चात् फिर्ता गरिनेछ । हातहतियार तोकिएको समयमा नबुझाए कानुननुसार कार्बाही गरिनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article