चन्द्रगढि । झापा जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको भद्रपुर झापा गोल्डकप आयोजना सम्पन्न गर्न १ करोड ५० लाख खर्च हुने आयोजकको अनुमान छ । भद्रपुर झापा गोल्डकपका महासचिव तथा निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार नेपाल , भारत तथा भुटानका गरी १० टिमको सहभागिता हुने गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि एक करोड ५० लाख खर्च हुने भएको हो ।
आयोजक टिमका लागि भद्रपुर ११ मा नेपाल तथा क्यामरुमका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुने समेत श्रेष्ठको भनाइ छ । यस्तै नेपाल आर्मी ,नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, मनाङमस्र्याङ्दी लगायतका नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको सहभागिता रोचक प्रतिष्पर्धाका साथ खेल सम्पन्न हुने छ ।
आयोजक समितिका महासचिव समेत रहेका श्रेष्ठका अनुसार प्रथम पुरस्कर १३ लाख राशिको हुने छ भने द्वितिय पुरस्कर ७ लाख राशिको रहने छ । गोल्डकपलाई निरन्तरता दिन संस्था दर्ता विधिवत गरिएको छ भने भद्रपुर झापा गोल्डकपको आजिवन सदस्य बनाउदै लगिएको छ ।
मेची रंगशाला हुने गोल्डकपको लागि खेलमैदानलाई खेल्न योग्य बनाउने काम तीब्र गतिमा भइरहेको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेल पे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाउने छ ।
गोल्डकपमा जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निशुल्क हेर्न दिने व्यवस्था मिलाइने छ भने भद्रपुर नगरपालिका भित्रका सरकारी विद्यालयमा अध्यक्ष गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइने श्रेष्ठले बताए ।
भौतिक पूर्वाधार भएर पनि झापाको भद्रपुरस्थित मेची रंगशाला दुई दशकयता खेलविहिन अवस्थामा छ । यस्तो सून्यता हटाउन भद्रपुर नगर सरकारले पहिलो पटक नीतिगत रूपमै वजेटमा समेटेर चलयमान मेची रङ्गशाला बनाउन ‘भद्रपुर झापा गोल्डकप’ को आयोजनाका लागि वातावरण तयार पारेको छ ।
नगर सरकारको संरक्षणमा भद्रपुर झापा गोल्डकप आयोजक समिति निर्माण गर्दै यही फागुन ७ गतेबाट राष्ट्रिय अन्र्तराष्ट्रिय खेलाडी सहभागी हुने गरी ए डिभिजन स्तरीय खेल सम्पन्न गरिने भएकोमा स्थानीय नागरिकमा समेत उतसाह थपिएको छ । सुस्त बन्दै गएको भद्रपुरको आर्थिक तथा व्यापारिक गतिविधि बढ्नेमा स्थानीय विश्वस्त हुने वातावरण बनदै गइरहेको नगर प्रमुख गणेश पोखरेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















