हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त

काठमाडौं, २३ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरेको छ ।

Advertisement

केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको हो । देसाईसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।

Advertisement

यो पनि : सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले:काठमाडौं, २३ माघ । नेपालमा भ्रमणमा आएका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् ।

बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ । र यही बेला नेपाल भ्रमणमा आएका रिजवानले सोमबार बिहान लामिछानेसहित राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका हुन् ।

नेपाल आएको भोलिपल्ट बिहान रिजवानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसहितलाई भेटेका हुन् । यसअघि आइतबार नै रिजवानले नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेका थिए । रिजवान सोमबार मध्यान्ह स्वदेश फर्किएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)