हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

शिक्षा शिकोप निकेतन मन्टेश्वरीको दोश्रो बार्षिक उत्सव सम्पन्न

बिर्तामोड । शिक्षा शिकोप निकेतन मन्टेश्वरी बिद्यालयले बिबिध कार्यक्रम गरी दोस्रो बार्षिकोत्सव मनाएको छ । शिक्षा बहुउद्देशीय सहकारी संस्थाको ब्यबस्थापनमा संचालित मन्टेश्वरीले शुक्रवार दोस्रो बार्षिकोत्सव सम्पन्न गरेको हो ।

Advertisement

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चीजा राईको अध्यक्षता तथा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रिन्सिपल रेश्मा घिमिरेले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले बालबालिकाको मनोभावना अनुसार बाल मैत्री बाताबरणमा पठनपाठन हुने बताए । बिर्तामोड नगरपालिका–२ मा रहेको बिद्यालयका विद्यार्थीहरुले गित ,नृत्य ,चित्रकला लगायतका प्रस्तुति हरु प्रस्तुत गरेका थिए । शिक्षिका रोजिना पुरी र मिना प्रसाईले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)