अर्थ
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

दुर्गा प्रसाईंलाई ५ करोड रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिने रमेश गुरुङ पक्राउ

  •  दुर्गा प्रसाईंलाई ५ करोड रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिने रमेश गुरुङ पक्राउ ।

झापा ,२६ असार  ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपैयाँ बार्गेनिङ गर्ने रमेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार २५-३० करोडबाट बार्गेनिङ थालेका उनले अन्तिममा ५ करोड रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएका थिए ।

लामो समयदेखि रकम बार्गेनिङ गर्दै आएका गुरुङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)