हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

राजवंशी बिकास समिति झापाले एसईई परिक्षामा प्रथम हुने राजवंशी विद्यार्थीलाई गर्याे सम्मान

भद्रपुर । राजवंशी बिकास समिति झापाले एसईई परिक्षामा प्रथम हुने राजवंशी विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

Advertisement

राजवंशी बिकास समिति झापाले भद्रपुरमा आयोजना गरेको एक कार्यक्रममा २०८० को एसईई परिक्षामा ३.७० जिपिए ल्याएकि सामुदायिक विद्यालय बिरेन्द माविमा अध्यनरत छात्रा अंशु राजवंशीलाई सम्मान गरेको हो ।

Advertisement

कोशी प्रदेश सभा सदस्य माननीय भुमि प्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामुदायिक विद्यालयमा अध्यनरत झापा जिल्ला प्रथम बिरेन्द मावि चन्द्रगढीकि छात्रा अंशु राजवंशीलाई सम्मान गरिएको थियोे ।

सम्मान कार्यक्रमलाई प्रमुख अतिथी भुमी प्रसाद राजवंशी, भद्रपुर नगर प्रमुख गणेश पोख्रेल, उपप्रमुख राधा कार्की, वडा नम्बर ४ का अध्यक्ष हंसलाल राजवंशी, राजवंशी बिकास समितिका केन्द्रिय सचीव लखन सिंह राजवंशी, संस्थाका संस्थापक अध्यक्ष फुल सिंह राजवंशी, राजवंशी भाषिक समाजका अध्यक्ष सनम सिंह राजवंशी, नेकपा एमाले नेता असारु राजवंशी, नेकपा एमाले नगर अध्यक्ष निर्माण नेपाल, राप्रपा नेत्री पुनम सिंह राजवंशी, बिभुती विद्या मन्दिरका प्राचार्य गोविन्द लम्साल र सम्मानित छात्रा लगायतले मन्तव्य राख्नु भएको थियोे ।

राजवंशी बिकास समिति झापाका अध्यक्ष उतम कुमार राजवंशीले कार्यक्रम औचित्य माथी प्रकाश पार्नु भएको सम्मान कार्यक्रमको सहजीकरण समितिका सचीव सोहन लाल राजवंशीले गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा जिल्ला प्रथम अंशु राजवंशीलाई नगद १८ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)