धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

यस वर्ष भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे

यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस समयमा पश्चिम फर्केर भाइटीका लगाउन सुझाव दिएको छ। तिहार पर्व कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ, जसमा पहिलो दिन धनत्रयोदशी (धनतेरस) मनाइने छ।

यमदीपदान र कागतिहार कात्तिक १४ गते बुधबार परेका छन्, साथै कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार, र कात्तिक १६ गते शुक्रबार औँशी परेको छ। शनिबार कात्तिक १७ गते गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ हुनेछ। छठ पर्व कात्तिक २२ गते बिहीबार परेको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)