कविता : “हनुमान शास्त्र”

सनातनी शास्त्र
ईश्वर बाहेक
गुरुले भरिपूर्ण छ,
देवताका राज्य सभामा गुरु बृहस्पति
असुर र दैत्य एबम् दुष्ट कहलिएकाका गरु शुक्राचार्य
अवतार कहलिएका का पनि गुरु
भगवान कहलिएका का पनि गुरु।
गुरु नहुने एउटा हनुमान
अर्का भैरव र रुद्र
महादेव र विष्णुले नी एक अर्का लाई
गुरु र ईश्वर नै माने।
देवीहरूका पनि गुरु छैनन।
जसले गुरु खोज्छ
उसले ज्ञान पाउँछ,
महाभारतमा पनि
पाण्डवको जीत भीष्म र द्रोणले
आफ्नो पराजयको उपाय बताएर भएको थियो।
गुरु बिनाको हनुमानको लागि
यस कविताको शीर्षक
हनुमान शास्त्र राखियो ।

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार