हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

विर्तामोडमा ठाकुर अनुकुलचन्द्रज्यूको १३७ औं जन्मोत्सवमा  राष्ट्रिय धार्मिक महोत्सव हुने

झापा,१५ फाल्गुन  । श्री श्री ठाकुर अनुकुलचन्द्रज्यूको १३७ औं जन्मोत्सवको अवसर पारेर फागुन १७ गते शनिवार विर्तामोडमा विविध कार्यक्रम सहित राष्ट्रिय धार्मिक महोत्सव गरिने भएको छ ।

Advertisement

सत्संग नेपालको आयोजना तथा अर्जुनधारा ५ स्थित सत्संग मन्दिर बैशाबाडीको संयोजनमा विर्तामोडमा विविध कार्यक्रम सहित राष्ट्रिय धार्मिक महोत्सव गरिने भएको हो ।

Advertisement

फागुन १६ शुक्रवार बेलुकाबाट संगीत सभा मार्फत सुरू हुने उत्सवमा १७ गते बिहान ब्रम्हमुहुर्त अन्र्तगत वेद मंगलिकी पाठ, विविध नेपाली मौलिक झाँकी सहित प्रभातफेरि गर्दै शोभायात्रा, धर्म सभा, मातृ सम्मेलन, विविध संगीत सभा, सामूहिक सन्ध्याकालिन विनती प्रार्थना, ग्रन्थादी पाठ, मन्दिरमा दीप प्रज्वलन गर्दै उत्सव समापन हुने आयोजकले जानकारी दिएका छन् ।

अनुकुलचन्द्रका अनुयायी तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाका अनुसार राष्ट्रिय धार्मिक महोत्सव धार्मिक तथा सामाजिक एकता र सद्भाव निर्माणका लागि फलदायी हुने छ । उनका अनुसार नेपालभरबाट २० वटा केन्द्रका एक हजार प्रतिनिधि सहभागी बन्ने छन् भने झापा जिल्लाका ५ वटा केन्द्रबाट पाँच हजार हाराहारी सहभागी बन्ने अनुमान छ ।

झापाका पुराना अनुयायी तथा राष्ट्रिय सभाका पूर्व सदस्य गोपालकुमार बस्नेतका अनुसार वि सं २०४२ सालमा विराटनगरमा श्री श्री ठाकुर अनुकुलचन्द्रको धार्मिक जागरण र सिद्धान्त अनुसरणका लागि मन्दिर निर्माण गरी अनुसरणकर्ता अगाडि बढेका हुन् । उनका अनुसार धर्मले नैतिकता सिकाउँदै समाजको विकास र एकता कायम गर्न महत्वपूर्ण योगदान दिने छ ।

आयोजकका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ भने बाहिरबाट आउने सवै सहभागीलाई खान बस्न प्रबन्ध मिलाई सकिएको छ । कार्यक्रममा सवै धर्म, वर्ग र समुदायका व्यक्तिलाई सहभागी हुन आयोजकले आव्हान समेत गरेको छ ।

https://www.facebook.com/share/v/1BCVnwvqJg/

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)