हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

शनिदेवले सबैको मनोकांक्षा पुरा गरुन, हेर्नुहाेस राशिफल (२०८१/११/२४ गते)

आज २०८१ साल फाल्गुन २४ गते शनिबारको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ। घरपरिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ साथै आत्मविश्वासमा पनि वृद्धि हुनेछ। आजको शुभ रङ्ग पहेँलो हो भने शुभ अङ्क १ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक दायित्व निर्वाह गर्नुपर्ला । धर्म वा आस्थामा रुचि बढ्नेछ। युवा वर्गहरूलाई शुभचिन्तकहरूबाट भविष्यका विषयमा प्रभावकारी मार्गदर्शन मिल्नेछ। आजको शुभ रङ्ग हरियो हो भने शुभ अङ्क १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारसँग रमाइलो समय बित्नेछ। अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । आर्थिक पक्ष सुदृढ रहनेछ। परिस्थिति आफ्नो अनुकूल बनाउने प्रयास गर्नुहोला । आजको शुभ रङ्ग रातो हो भने शुभ अङ्क ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनुका साथै अध्ययन अध्यापनमा पनि मन लाग्नेछ। व्यापार व्यवसायलाई लिएर गरेको यात्रा लाभदायक रहनेछ। मेहनतको उचित मूल्याङ्कन मिल्नेछ । आजको शुभ रङ्ग गुलाबी हो भने शुभ अङ्क ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण कार्यमा अस्तव्यस्त रहने समय छ । परिस्थितिवश अरूको लागि श्रम खर्च गर्नुपर्ने हुन सक्ला । साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ । आजको शुभ रङ्ग हरियो हो भने शुभ अङ्क ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ भने विद्यार्थी वर्गहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। अरूलाई सुझाव दिँदा विचार गर्नुहोला । मित्रहरूको सहयोगले अप्ठ्यारा परिस्थितिहरूबाट छुटकारा पाउन सकिन्छ । आजको शुभ रङ्ग सुन्तला हो भने शुभ अङ्क २ रहेको छ।|

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विवादास्पद मामिलाहरू सुल्झिन सक्छन्। घरपरिवारबाट सोचे जस्तो सहयोग नमिल्ला यद्यपि नयाँ नोकरीमा सफलता मिल्ने योग रहेको छ । साथै व्यापार व्यवसायमा राम्रै लाभ मिल्नेछ। आजको शुभ रङ्ग गुलाबी हो भने शुभ अङ्क ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोला साथै स्वास्थ्य खानपिनको पनि विशेष ध्यान राख्नु पर्ने देखिन्छ l आजको शुभ रङ्ग सेतो हो भने शुभ अङ्क २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्ला । अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ भने नयाँ कार्य प्रारम्भ गर्नको लागि पनि उपयुक्त समय रहेको छ। आर्थिक कारोबारमा नयाँ प्रस्तावहरूका कारण लाभ मिल्नेछ । आजको शुभ रङ्ग निलो हो भने शुभ अङ्क ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा सकारात्मक ऊर्जाले दिनको सुरुवात गर्नुहोस् । नोकरी वा पेसामा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। मन नभए तापनि कामको अतिरिक्त दबाब रहनेछ । घरेलु काममा हात हतियारको प्रयोग गर्दा सावधानी अपनाउनु पर्ला । आजको शुभ रङ्ग खैरो हो भने शुभ अङ्क ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा विरोधीहरूले हजुरको कार्यमा प्रश्न तथा प्रतिकार गर्न सक्ने समय छ । राम्रो सफलताको लागि समयानुकूल चल्ने प्रयास गर्नुहोला। स्वास्थ्यमा खानपानको विशेष ध्यान राख्नुहोस् । आजको शुभ रङ्ग पहिलो हो भन्ने शुभ अङ्क ८ रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो जमघटको बिच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। व्यापार व्यवसायमा वा राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व निर्वाह गर्ने अवसर मिल्न सक्छ । अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रङ्ग निलो हो भने शुभ अङ्क ८ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)