समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मेचिपुल नजिकैबाट लागुऔषध सहित दुई जना पक्राउ

झापा, २०८१ चैत ५ । झापाको मेचीनगर नगरपालिका–६, मेचिपुल नजिकैबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन्।

Advertisement

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोली ४ गते ०८:३० बजेको समयमा भारतबाट नेपालतर्फ सिटिसफारिमा आउँदै गरेका दुई जनालाई शंका लागि जाँच गर्दा प्रतिबन्धित खैरो हेरोइन फेला परेको हो।

Advertisement

पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका–९ घर भई अर्जुनधारा नगरपालिका–११, बुट्टाबारी बस्ने ३६ वर्षीय दिलिप कुमार गिरी र सोही ठाउँका २५ वर्षीय सुरज राई रहेका छन्। उनीहरूको साथबाट प्लास्टिक सहित २.२३० ग्राम (प्लास्टिक बाहेक १.८४० ग्राम) खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article