समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भारतदेखि थाइल्याण्डसम्म धक्का महसुस

झापा । म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ, जसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ।

Advertisement

भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार बिहान ११:५० बजे ७.२ म्याग्निच्युडको भूकम्प गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने सागाइङ क्षेत्रको उत्तरपश्चिम १६ किलोमिटर केन्द्रबिन्दु बनाएर आएको भूकम्पको तीव्रता ७.७ म्याग्निच्युड रहेको जनाएको छ।

Advertisement

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ। हालसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त भएको छैन।

भारतीय मिडियाका अनुसार दिल्ली एनसीआरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। त्यस्तै, थाइल्याण्डको राजधानी बैंककमा पनि भूकम्पको प्रभाव राम्रैसँग महसुस भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article