समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भाटभटेनी सुरक्षागार्ड पराजुली सम्मानित, ५ लाख नगद पुरस्कार

काठमाडौं, २० चैत्र । भाटभटेनी सुपर मार्केटले आफ्नो सुरक्षागार्ड कृष्णप्रसाद पराजुलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। १५ चैत्रमा राजावादी आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्न खोज्नेहरूमाथि प्रतिकार गर्दै थप क्षति हुनबाट जोगाएको भन्दै पराजुलीलाई ५ लाख १ हजार ११ नगदसहित पुरस्कृत गरिएको हो।

Advertisement

पराजुलीको योगदानको कदर गर्दै भाटभटेनी सुपर मार्केटले उनलाई पाँच ग्रेड बढुवा समेत गरिदिएको छ। साथै, अन्य सुरक्षागार्डहरूलाई पनि ग्रेड बढुवा र नगदसहित सम्मान गरिएको छ।

Advertisement

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले उक्त सम्मान कार्यक्रमको आयोजना गरेका थिए। लुटपाट रोक्ने क्रममा पराजुलीको प्रतिकारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भाटभटेनी सुपर मार्केटले लुटपाट र तोडफोडका कारण करिब ७० देखि ८० लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article