समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इलाममा ९० वर्षीय वृद्धद्वारा ज्वाईंलाई बन्चरो प्रहार, ज्वाईंको अवस्था गम्भीर

इलाम । इलाम नगरपालिका–१२, साङरुम्बामा एक ९० वर्षीय वृद्धले आफ्ना ज्वाईंलाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका छन्।

Advertisement

साबिक साङरुम्बा वडा नं. ४, कटुवाल गाउँमा आज बिहान भएको घटनामा ९० वर्षीय अम्बिरबहादुर नेम्बाङ (शिकारी)ले आफ्ना करिब ६० वर्षीय ज्वाईं कृष्ण जवेगुलाई बन्चरो प्रहार गरेका हुन्।

Advertisement

स्थानीय स्रोतका अनुसार, घाँस काटेर घर फर्केका वृद्ध नेम्बाङले घरमा आराम गरिरहेका ज्वाईंमाथि अचानक आक्रमण गरेका थिए। आक्रमणको कारण खुल्न सकेको छैन। घाइते जवेगुको अवस्था गम्भीर रहेको छ, र उनलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article