समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोड यातायात कार्यालयबाट ९ बिचौलिया पक्राउ, सेवाग्राहीलाई राहतको आशा

झापा । यातायात व्यवस्था कार्यालय, बिर्तामोडमा सेवा लिन आउने सर्वसाधारणलाई फसाउने बिचौलियाहरूलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय बनेको छ। सोही क्रममा प्रहरीले दुई महिलासहित ९ जना बिचौलियालाई पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले गुप्त सूचनाको आधारमा कारबाही गरेको हो। पक्राउ परेकाहरूलाई अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए।

Advertisement

पक्राउ परेका व्यक्तिहरूमा बिर्तामोडका सुरज आचार्य, तुलसी खतिवडा, रोशन आचार्य, गरिमा घिमिरे, सीता भेटवाल, टंकप्रसाद राजवंशी, रामप्रसाद ढकाल, युवराज लिम्बू र कन्काईका दिवस राई रहेका छन्।

यसअघि विराटनगरको यातायात कार्यालयमा बिचौलिया नियन्त्रणको कारबाही भए पनि बिर्तामोडमा पहिलोपटक यस्तो ठूलाे संख्यामा पक्राउ परेकाे हो। यस घटनाले बिचौलियामुक्त सेवा प्रवाहप्रति प्रहरीको प्रतिबद्धता झल्काउने जनाइएको छ।

प्रहरीका अनुसार, बिचौलियाहरूले विभिन्न बहानामा सेवाग्राहीबाट पैसा असुल्ने, फारम भर्न सहयोगको नाममा ठगी गर्ने र प्रक्रियालाई झन्झटिलो बनाउँदै आएकाले कारबाही गर्नुपरेको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article