समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

राजा फर्काउनेहरूभन्दा पशुपतिका बाँदर मन्त्री बनाउन ठीक : प्रधानमन्त्री ओली

— झापाको दमकमा नेकपा (एमाले) को वृहत् जनजागरण सभामा ओलीको कटाक्षपूर्ण सम्बोधन

Advertisement

झापा, दमक — प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार झापाको दमकमा आयोजित पार्टीको वृहत् जनजागरण सभामा कटाक्षपूर्ण शैलीमा प्रतिगमनकारी शक्तिहरूमाथि तीव्र प्रहार गरे। उनले राजा फर्काउने सपना देखिरहेका व्यक्तिहरूको आलोचना गर्दै भने, “उनीहरूलाई मन्त्री बनाउनेभन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउनु ठीक हुन्छ।”

Advertisement

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि सबैले एकजुट हुनुपर्ने उल्लेख गर्दै भने, “चैत १५ गते देखिएको राजतन्त्र फर्काउनेहरूका गतिविधिबाट उनीहरूको प्रवृत्ति प्रस्ट भएको छ। तोडफोड, हिंसा, आक्रमणजस्ता कुरा कुनै हालतमा स्वीकार्य हुँदैन।”

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै ओलीले भने, “अढाई सय वर्ष शासन चलाएर देश लुट्नेहरू अहिले पनि लाज नमानी म फर्कन्छु भन्न सक्ने हिम्मत गर्छन्। नेपाली जनता अब सचेत छन्, रैती बन्ने छैनन्।”

प्रधानमन्त्री ओलीले राजनीतिक चेतनाको अभावमा केही व्यक्तिहरू नेतृत्वमा आउन खोजिरहेको उल्लेख गर्दै भने, “ड्राइभिङ सिक्दै नसिकेका मान्छेले राम्रो गाडी चलाउँछु भन्छन्। यस्ता मानिसहरू राजनीतिको आधारभूत ज्ञानबिना देश चलाउने सपना देखिरहेका छन्।”

देश विकास, सुशासन र स्थायित्वको बाटोमा अघि बढिरहेको दाबी गर्दै ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कठोर कदम चालेको बताए। तर, केही तत्व देश विकास होइन, तमासामा रमाइरहेका छन् भन्दै उनीहरूलाई सचेत रहन आग्रह गरे। उक्त सभामा ओलीले संविधान र लोकतन्त्रलाई जोगाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article