समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

वीरगञ्जमा समुदायबीचको झडपपछि कर्फ्यु आदेश जारी

पर्सा, वीरगञ्ज  पर्साको वीरगञ्जमा दुई समुदायबीच भएको झडप उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार साँझदेखि कर्फ्यु आदेश जारी गरेको छ।

Advertisement

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार शनिबार साँझ ६:३० बजेदेखि आइतबार मध्यान्ह १२ बजेसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको जानकारी दिएका छन्। उक्त आदेश वीरगञ्ज महानगर र त्यस आसपासको क्षेत्रमा लागू हुनेछ।

Advertisement

झडप वीरगञ्जको छपकैयामा भएको हो, जहाँ शनिबार हिन्दू धर्मावलम्बीहरूले भगवान हनुमानको जयन्तीको अवसरमा शोभायात्रा निकालेका थिए। शोभायात्राका क्रममा सहभागीहरूबाट उच्छृङ्खल गतिविधि भएको आरोप लगाउँदै अर्को समूहले विरोध जनाएपछि अवस्था झडपमा परिणत भएको जनाइएको छ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न नागरिकलाई संयमित रहन आग्रह गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article