समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरमा १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी

झापा । १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा झापाको भद्रपुरबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४, आँपगाछी बस्ने २० वर्षीय लखिराम सोरेन रहेका छन्।

Advertisement

प्रहरीका अनुसार सोरेनले शुक्रबार बिहान करिब ४ बजे भद्रपुर–४ स्थित झिलमिल खोलाको डिलमा रहेको बाँसघारीमा बालिकामाथि जबरजस्ती करणी गरेका थिए। पीडितले दिएको जाहेरीअनुसार सोरेनले फागुन १० गतेदेखि पटक–पटक यस्तो गैरकानुनी कार्य गर्दै आएको उल्लेख छ।

Advertisement

पीडित पक्षको लिखित जाहेरीपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले सोरेनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article