समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इलाममा फरक क्षमता भएकी नाबालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

इलाम । फरक क्षमता भएकी एक नाबालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा इलामबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलाम फाकफोकथुम गाउँपालिका–४ का ३८ वर्षीय साजन सुब्बा र ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन्।

Advertisement

प्रहरीका अनुसार, वैशाख ५ गते ती नाबालिकालाई डर, त्रास र धम्की दिई, हात बाँधेर बोल्न कराउन नदिई जबरजस्ती करणी गरिएको थियो। घटनापछि फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले वैशाख ६ गते फाकफोकथुम गाउँपालिका–४ स्थित फुयतप्पाबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी मानबहादुर राईका अनुसार, पक्राउ परेका दुबै अभियुक्तलाई जिल्ला अदालत इलाममा उपस्थित गराई वैशाख ६ गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप गरिएको छ। हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पीडितको सुरक्षाका लागि आवश्यक कानुनी तथा मानसिक परामर्शको व्यवस्था मिलाइएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article