समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा बाइक चोरी प्रकरण: राजनीतिक हस्तक्षेपले अनुसन्धानमा अवरोध, चोरलाई संरक्षण दिएको आरोप

हल्दिबारी । हल्दिबारी ४ स्थित बडावारी क्षेत्रमा २०८२ साल बैशाख २ गते सम्पन्न एक शुभ विवाह कार्यक्रमका क्रममा चोरी भएको एक पल्सर मोटरसाइकलको अनुसन्धानका क्रममा पाँच जना संलग्न व्यक्तिहरु पक्राउ परेका छन्। सामाजिक अभियन्ता बलराम गिरीका अनुसार, सिसिटिभी फुटेजको आधारमा बैशाख ५ गते हल्दिबारी वडा नं. ४, वडा नं. २ र ताप्लेजुङ क्षेत्रका गरी पाँच जना चोरीमा संलग्न व्यक्तिहरु पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चन्द्रगढी पठाइएको हो।

Advertisement

तर, गिरीले सामाजिक सञ्जालमा लेख्दै आरोप लगाएका छन् कि अनुसन्धान प्रक्रिया अगाडि बढ्न नपाउँदै स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको राजनीतिक हस्तक्षेपका कारण चोरहरुलाई नावालकको नाममा उन्मुक्ति दिइएको छ। उनले यस कदमलाई ‘चोरलाई संरक्षण र प्रोत्साहन दिने उदारणीय कार्य’ भन्दै गम्भीर प्रश्न उठाएका छन् – “यदि यो सत्य हो भने, पीडित पक्षले कहिले र कसरी न्याय पाउने? अनि चोरलाई राजनीतिक संरक्षण दिनेहरूसँग सुशासनको अपेक्षा कसरी गर्ने?”

Advertisement

उनले भनेका छन्, “चोर नावालक हुन सक्छन्, तर प्रशासन तथा न्यायपालिकालाई स्वतन्त्र रुपमा छानबिन गर्न दिनु र दोषी ठहरीएमा ऐन अनुसार सजाय दिलाउनु हाम्रो सबैको दायित्व हो।”

गिरीले यदि घटनाको सत्यता पुष्टि भएमा पीडित पक्ष, राजनीतिक दल, सामाजिक अभियन्ता तथा नागरिक समाजका अग्रज व्यक्तित्वहरुले चुप लागेर बस्न नहुने भन्दै, संयुक्तरूपमा जिल्ला प्रहरी तथा प्रशासन कार्यालयमा धर्ना दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

अन्त्यमा, उनले सबैलाई सोच्न आग्रह गरेका छन् – “हामी यस्तो निन्दनीय कार्यको विरोध गर्न तयार छौं कि चुपचाप सहन तयार छौं?”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article