समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बुद्धशान्तिमा ट्याक्टर दुर्घटना : सहचालकको इन्जिनले किचेर मृत्यु

झापा । झापाको बुद्धशान्तिमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति गाउँपालिका–१ निवासी २४ वर्षीय प्रेम गुरुङको दुर्घटनामा परेर मृत्यु भएको हो।

Advertisement

बिहीबार बिहान ११ बजेतिर बुद्धशान्ति–१ स्थित भित्री सडक खण्डमा बिरिङ खोलाबाट ढुंगा बोकेर भोटेटार गाउँतर्फ जाँदै गरेको प्र. १–०१–००२ त ८३३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो। उक्त दुर्घटनामा ट्याक्टरको इन्जिनले च्याप्दा सहचालक गुरुङ गम्भीर घाइते भएका थिए।

Advertisement

घटनापछि उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, भद्रपुर लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

यस दुर्घटनासँग सम्बन्धित ट्याक्टर चालक ३४ वर्षीय गणेश गुरुङलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article