समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रह्लाद राजवंशीको उपचारका क्रममा मृत्यु

झापा । करिब दुई साताअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मेचीनगर नगरपालिका–७ का २६ वर्षीय प्रह्लाद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement

सहारा नेपाल साकोस लक्ष्मीपुर शाखामा समूह प्रवर्द्धकका रूपमा कार्यरत राजवंशी गत चैत ३१ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ स्थित रेखा पुलनजिक दुर्घटनामा परेका थिए। प्रहरी कार्यालय झापाका अनुसार उनको सोमबार दिउँसो २ः१५ बजे बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

Advertisement

चैत ३१ गते करिब १ः३० बजे काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १० प ७३३६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्र १–०१–००१ च ९८७३ नम्बरको छोटा हात्ती गाडीलाई ओभरटेक गर्ने क्रममा बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको १–०३–००१ ज ००४८ नम्बरको इलेक्ट्रिक भ्यानसँग ठक्कर खाएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक प्रह्लाद राजवंशी र पछाडि सवार २३ वर्षीया प्रियङ्का राजवंशी घाइते भएका थिए। दुवै जनालाई बीएण्डसी अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा प्रह्लादको मृत्यु भएको हो। प्रियङ्काको भने उपचार जारी रहेको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article