समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सेती अस्पतालको छतबाट हाम फालेका मिर्गौला रोगीको मृत्यु

धनगढी, बैशाख १६ । धनगढी उपमहानगरपालिकास्थित सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका गोदावरी नगरपालिका–१ निवासी ६३ वर्षीय चक्रबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement

प्रहरीका अनुसार मिर्गौला रोगबाट दीर्घकालीन रूपमा पीडित सिंहले मङ्गलवार दिउँसो अस्पतालको छतबाट हाम फालेका थिए। उनी सेती प्रादेशिक अस्पतालमा नियमित रूपमा डायलासिस गराउँदै आएका थिए र सोमबार मात्रै अस्पतालको मेडिकल वार्डमा भर्ना भएका थिए।

Advertisement

घटनाको समयमा उनकी पत्नी ईश्वरीदेवी सिंह अस्पतालमा कुरुवाका रूपमा बसिरहेकी थिइन्। प्रहरीका अनुसार पत्नी निदाएको मौका छोपेर सिंह छतमाथि उक्लिएका थिए।

प्रहरी नायब उपरीक्षक (डिएसपी) कविन्द्र सिंह बोहराले जानकारी दिएअनुसार, प्रहरीहरूले उनलाई वार्ड फर्किन आग्रह गरे पनि उनले तत्कालै हाम फालेका थिए। गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा मृत्यु भएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article