समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाकिस्तानद्वारा नियन्त्रण रेखामा भारतीय ड्रोन खसालिएको दाबी, क्षेत्रीय तनाव थप चर्किने संकेत

पाकिस्तानले नियन्त्रण रेखामा भारतको एक जासुसी ड्रोन खसालिएको दाबी गरेको छ। पाकिस्तानको सरकारी रेडियोले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै भारतले भाम्बरको मनावर सेक्टरमा ड्रोन प्रयोग गरेर जासुसी गर्न खोजेको जनाएकाे छ। सो ड्रोन पाकिस्तानको हवाई क्षेत्र उल्लंघन गर्दै प्रवेश गरेको र त्यसलाई समयमै खसालिएको दाबी गरिएको हो। भारत सरकारको तर्फबाट यस विषयमा भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

Advertisement

यो घटनाले भारत–पाकिस्तानबीचको तनावपूर्ण सम्बन्ध झनै चर्किने संकेत दिएको छ। अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसपछि भारतले पाकिस्तानविरुद्ध कडा कदमहरू चालेको थियो। भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारी सीमाना बन्द गर्ने, र भिसा सुविधा फिर्ता लिने निर्णयहरू गर्‍यो। यसको जवाफमा पाकिस्तानले शिमला सम्झौतासहितका सबै द्विपक्षीय सम्झौता निलम्बन गर्ने, हवाई क्षेत्र र सीमा बन्द गर्ने, भारतसँगको व्यापार रोक्ने, र पाकिस्तानी आकाश प्रयोग गर्न भारतलाई निषेध गर्ने निर्णय गर्‍यो।

Advertisement

दुवै मुलुकले एक–अर्काका कूटनीतिक कर्मचारी घटाउने निर्णय लिएका छन्। पाकिस्तानले रक्षा सल्लाहकारसहित सम्बन्धित सहायकहरूलाई देश छाड्न भनेको छ। यसैबीच, पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्ले भारतले सिन्धु जल सन्धि निलम्बन गर्न खोजेको निर्णय अस्वीकार गर्दै सन्धिअनुसार पाकिस्तानको भागमा पर्ने पानीको बहाव रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई “युद्धको कारवाही” मानिने चेतावनी दिएको छ। परिषद्ले यस्ता कदमको “पूरा शक्तिसाथ जवाफ दिइने” स्पष्ट पारेको छ।

क्षेत्रीय परिस्थिति थप संवेदनशील बन्ने सङ्केतहरू देखिन थालेका छन्, र दुवै पक्षबीच संवाद पुनः सुरु गर्ने संभावना हाललाई निकै टाढा देखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article