समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रेशम चौधरी रिहा, ‘फेक पत्र’ प्रकरणले नागरिक उन्मुक्ति–जनमत एकता भाँडियो

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन्। कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको जानकारी दिएका हुन्।

Advertisement

बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट सर्वोच्च अदालतका कर्मचारीमार्फत कारागार कार्यालयमा पठाइएको ‘फेक पत्र’का आधारमा उनलाई पक्राउ गरिएको थियो। सर्वोच्च अदालतले उक्त पत्र फर्जी भएको पुष्टि गर्दै विज्ञप्तिमार्फत जानकारी गराएको थियो। त्यसपछि अदालतले अर्को आधिकारिक पत्र पठाएर चौधरीको रिहाइको आदेश दिएपछि साँझ उनलाई रिहा गरिएको हो। फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेको प्रहरी स्रोतले जनाएको छ।

Advertisement

बुधबार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा हुने कार्यक्रम तय भएको थियो। सोही कार्यक्रममा सहभागी हुन चौधरी प्रज्ञा भवन पुगेका थिए, तर एक्कासि पक्राउ परेपछि सो एकता कार्यक्रम स्थगित गरिएको हो। चौधरीको रिहाइपछि अब फेरि छलफल गरेर एकताको नयाँ मिति तय गरिने नेताहरूले बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article