समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कन्काईमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

झापा । झापाको कन्काई नगरपालिका वडा नं. २ सुकेडागीमा ३५ वर्षीय कविराज हेमरनले आफ्नी ३४ वर्षीया श्रीमती पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका छन्।

Advertisement

प्रहरीका अनुसार,हिजो २७ गते शनिबार बेलुकी घरमै आपसी झै–झगडापछि कविराजले धारिलो हतियार खुकुरी प्रयोग गरी पूजाको घाटीमा प्रहार गरेका थिए। घटनापछि पूजाको शव घरमै मृत अवस्थामा फेला परेको थियो।

Advertisement

हत्या गरेपछि फरार रहेका कविराजलाई प्रहरीले खोजतलासका क्रममा सुरुङ्गा बजारको सडकबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ।

मृतक पूजाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ। प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article