समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सेवामा लापरवाहीको गुनासोपछि विद्युत् कर्मचारीको मापसे परीक्षण

कास्की, तालचोक । पटक–पटक बिजुली काटिएपछि नेपाल विद्युत् प्राधिकरण तालचोकका कर्मचारीहरूलाई मध्यरातमा मादक पदार्थ सेवन (मापसे) परीक्षण गरिएको छ। स्थानीय बासिन्दा र पर्यटन व्यवसायीहरूले बारम्बार बिजुली गएकामा असन्तुष्टि जनाउँदै प्रहरीमा उजुरी दिएपछि मापसे चेक गरिएको हो।

Advertisement

इलाका ट्राफिक कार्यालय डाँडाको नाकका इन्चार्ज बेदनाथ भण्डारीका अनुसार, स्थानीयको आग्रहमा विद्युत् कर्मचारीहरूको मापसे परीक्षण गरिएको थियो। “नागरिकको निकै धेरै गुनासो आयो, हामीले चेक गर्‍यौं,” उनले भने, “तर मापसे गरेको भेटिएन।”

Advertisement

उनका अनुसार कर्मचारीहरूले नागरिकसँग राम्रो व्यवहार नगरेको गुनासोका आधारमा उनीहरूले मादक पदार्थ सेवन गरेको शंका गरिएको थियो। सोही शङ्काको कारण प्रहरीले परीक्षण गरेको भए पनि कुनै मादक पदार्थ सेवन पुष्टि नभएको जनाइएको छ।

स्थानीयले भने नियमित रुपमा बिजुली जाने र सेवा प्रवाहमा लापरवाही भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article