समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मेचीनगरबाट २ लाख मूल्यभन्दा बढीका लत्ता कपडा प्रहरीको नियन्त्रणमा

गएराती ११:३० बजे झापा जिल्लाको मेचिनगर नगरपालिका वडा नं. ६ स्थित हनुमान मन्दिर अगाडि संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छलि ल्याइएको करिब रु. २,१४,०५० बराबरको कपडा नियन्त्रणमा लिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको उक्त टोलीले विभिन्न प्रकारका कपडा जस्तै पाइन्ट, भेष्ट, सेण्डो, मेक्सी, टप, कुर्ता सुरुवाल, गम्छा, पूजा सामग्रीका कपडा, बच्चाका कपडा आदि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

यसअघि पनि मेचीनगर क्षेत्रबाट भन्सार छलि गरिएका सामानहरू नियन्त्रणमा लिइएको छ।  यस अगाडि पनि मङ्सिर २६ गते २०८१ मा  झापाको मेचीनगर नगरपालिका–६ पिङकीठ्याकबाट भन्सार छलेर ल्याइएका विभिन्न सामग्रीहरू नियन्त्रणमा लिइएको थियो

प्रहरीले नियन्त्रणमा लिएका यस्ता अवैध सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाएको छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article