धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाथीभरा माताले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल (२०८२/०३/०४ गते)

आज २०८२ साल असार ४ गते बुधबारको राशीफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्ष सबल रहनेछ। रोकिएका काममा गति मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त गर्न सकिएला। आवश्यक नभएसम्म धन खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नजिकका व्यक्तिहरूबाट भरपुर सहयोग मिल्नेछ। धर्मकर्मप्रति मन जानेछ। पायक स्थानमा भ्रमणका योग छन्। आफ्नो सपनालाई साकार बनाउन अघाडि बढ्ने प्रेरणा पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी व्यापारमा लाभ रहनेछ। नोकरी वा पेशामा आफ्नो कुरालाई खुलेर राख्ने प्रयास गर्नुहोस्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सानो प्रयत्नले धेरैलाई राम्रो गर्न सकिनेछ। कार्यसम्पादनमा बिलम्ब हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। ऋन लिएर व्यापार गर्नबाट बच्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभचिन्तकहरूबाट कार्यक्षेत्रमा नयाँ मार्गदर्शन मिल्नेछ। इष्टमित्रको सहायताले रोकिएको कार्य पुनःप्रारम्भ हुनेछ। आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक संसाधन जुटाउन सक्नुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा प्रतिष्ठा बढ्नेछ। सोचेको कार्यमा सफलता मिल्नेछ। सानो प्रयासले लक्ष्यमा सजिलै पुग्न सकिनेछ। नयाँ दिशामा योजना बनाउने समय रहेको छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनले पुनर्जागृतिको अनुभव गर्नेछ। पिताको सहयोगले व्यापार व्यवसायमा प्रगति हुनेछ। नोकरी वा पेशामा विशेष फाइदा हुनेछ। भविष्यको लागि जग बसाउने मौका छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा आलस्य गर्दा कार्य समयमा सम्पादन नहोला। शरीरको संकेतलाई प्राथमिकता दिनुहोस्। जटिल समस्याहरू सजिलै संपादन हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। समयअनुरूप नचल्दा व्यवहारमा पछाडि परिनेछ। हल्का व्यायाम मन र शरीर दुबैको लागि लाभदायी रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शिक्षा र सीपमा विकास हुनेछ। पारिवारिक सम्बन्धमा संवादबाट समस्याको समाधान गर्न सकिनेछ। स्वास्थ्य सम्बन्धी समस्यामा लापरवाही नगर्नुहोला। योग्यताको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा राम्रो फड्को मार्ने समय रहेको छ। शिक्षाको क्षेत्रमा प्रगति हुने र आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। संगीत र कलाको क्षेत्रमा बिशेष सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। थोरै विश्राम गर्दा आत्मशक्ति बढ्नेछ। कानुनी समस्याहरूमा पक्ष मजबुत रहनेछ। स्वास्थ्यप्रति सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article