समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा गाउँपालिकाले आगलागी नियन्त्रणका लागि ‘बारुद यन्त्र खरिद गर्ने

झापा। झापा गाउँपालिकाले आगलागी नियन्त्रणका लागि ‘बारुद यन्त्र’ खरिद प्रक्रिया अगाडि बढाएको छ।
गाउँपालिकाको १८औं गाउँसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाले उक्त जानकारी दिनुभएको हो।
उहाँका अनुसार, गाउँपालिकाले विभिन्न संघ संस्थाहरूको सहयोगमा ‘बारुद यन्त्र’ खरिद गर्ने तयारी गरिरहेको छ। यन्त्र खरिद साझेदारी कार्यक्रम अन्तर्गत हुने र त्यसका लागि आवश्यक बजेट समेत पालिकाको तर्फबाट व्यवस्था गरिएको उहाँले बताउनुभयो।
हरेक वर्ष आगलागीका कारण ठूलो जनधनको क्षति हुने भएकाले त्यसको रोकथामका लागि यो उपकरण आवश्यक रहेको कार्यवाहक अध्यक्ष थपलियाले स्पष्ट पार्नुभयो।
गाउँपालिकाले आगलागी नियन्त्रणलाई प्राथमिकतामा राख्दै आवश्यक तयारी सुरु गरिसकेको समेत उहाँले जानकारी दिनुभयो।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article