समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा गाउँपालिकाको योजना १०० युवालाई स्वरोजगार बनाउने

झापा,६ असार । झापा गाउँपालिकाले १०० जना युवालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित नयाँ कार्यक्रम अघि सारेको छ। गाउँपालिकाको १८औँ गाउँसभामा कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाले युवालाई विभिन्न किसिमका सीपमूलक तालिममार्फत स्वरोजगारमा जोड्ने नीति प्रस्तुत गर्नुभएको हो।

Advertisement

यसअघि पनि गाउँपालिकाले १०० जना युवालाई ड्राइभिङ तालिम प्रदान गरेर उनीहरूलाई रोजगारीतर्फ उन्मुख बनाइसकेको छ। आगामी दिनमा थप युवा लक्षित सीपमूलक तालिमहरू सञ्चालन गर्ने र स्वरोजगारको वातावरण सृजना गर्ने नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरिएको छ।

Advertisement

गाउँपालिकाको यो कदमले स्थानीय स्तरमै युवालाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article